हामी मानव तस्करविरुद्धको विरोधमा छौँ भन्यौँ, प्रधानमन्त्रीले शुभकामना दिनुभयो : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले कालो वस्त्र र नीलो रिबन लगाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन् ।

संसदमा संसद बैठक सुरु हुन लाग्दा रास्वपाका सांसदहरूले कालो वस्त्र र नीलो रिबन लगाएर संसदमा उपस्थित भएको देखेपछि प्रधानमन्त्री ओलीले प्रश्न गरेका थिए ।

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले मानव तस्करीको विरोधमा आफूहरूले कालो वस्त्र र निलो रिबन लगाएको जानकारी दिएको सांसद मनिष झाले बताए । उनले नीलो रिबन मानव तस्करीविरुद्धको विश्वव्यापी संकेत भएको बताए । प्रधानमन्त्रीलाई वस्त्रबारे जानकारी गराइसकेपछि प्रधानमन्त्रीले शुभकामना दिएको पनि सांसद झाले बताए ।

उनले भने ‘यो नीलो रिबन मानव तस्करीविरुद्धको विश्वव्यापी संकेत हो । हामीले यो लगाएका छौँ । साथै कालो ड्रेस लगाएका छौँ । हामीले विगत २२ दिनदेखि विरोध गरिरहेका छौँ । लगभग १५ वटा बैठकमा विरोध गरेका छौँ । आज पनि निरन्तरता दिएका छौँ । विरोधको अर्को संकेत सबैले कालो वस्त्र पनि लगाएका छौँ । २२ दिनसम्म पनि आन्दोलन गर्दा देशको अभिभावक प्रधानमन्त्रीज्यूको यसबारेमा कुनै वक्तव्य आएको छैन । आज संसदमै जम्काभेट भयो प्रधानमन्त्रीज्यूसँग । उहाँले किन यस्तो ड्रेस भनेर जिज्ञासा राख्नुभयो । हामीले मानव तस्करविरुद्धको विरोधमा हामी छौँ भनेर जानकारी गरायौँ । उहाँले शुभकामना दिनुभयो ।’

२२ दिनसम्म आन्दोलन चल्दासमेत सरकारले चासो नदिँदा कालो वस्त्र लगाएर विरोध गर्नुपरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 14 =