न्याय पाउनको लागि तीन पुस्तासम्म अदालत धाउने प्रवृत्तिको विकास भयो : सांसद कुँवर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुवँरले सरकारले न्याय निरूपणको प्रक्रियालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाएका छन् ।

बिहीवार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत वन तथा वातावरण, कृषि तथा पशुपंक्षी विकास, र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथि छलफल गर्दै सांसद कुवँरले आम नागरिकले अझै पनि तीन पुस्तासम्म अदालत धाउनुपर्ने बाध्यता रहेको उल्लेख गरे ।

‘हामीले न्याय निरुपण गर्न सकिरहेका छैनौं। न्यायालयबाट छिटो न्याय पाउने अपेक्षा जनतामा छ, तर त्यही अनुरूपको कार्यक्रम सरकारबाट देखिएको छैन,’ उनले भने ‘आम जनताबाट आलोचना हुने विषयहरूलाई सरकारले गम्भीर ढंगले हेर्नुपर्छ, तर हाल देखिएको अवस्था त्यसको ठीक विपरीत छ ।’

सांसद कुवँरले सरकार न्यायको पहुँचलाई छिटो, सरल र भरपर्दो बनाउन प्रतिबद्ध देखिनु पर्ने धारणा व्यक्त गरे ।

साथै, उनले देशको आम्दानीको मुख्य स्रोतहरूमध्ये वन क्षेत्र पनि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यसको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =