दुम्किवासमा विनयी खोलाको बाढीले डाइभर्सन बगायो

काठमाडौं । पूर्वी नवलपरासीको दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग पुनः पूर्ण रूपमा अवरुद्ध बनेको छ । लगातारको वर्षासँगै विनयी खोलामा आएको बाढीले अस्थायी रूपमा बनाइएको डाइभर्सन फेरि बगाएपछि सवारी आवागमन दुवै तर्फबाट रोकिएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, हिजो दिउँसो मात्रै खोलामाथि अस्थायी डाइभर्सन निर्माण गरिएको थियो । तर गएराति परेको झरीका कारण खोलामा बाढी आएर उक्त डाइभर्सन पुनः बगाएको हो । यसले गर्दा राजमार्गका यात्रुहरू बीचमै रोकिन बाध्य भएका छन् ।

विनयी खोला बाढी आउनासाथ पटक-पटक डाइभर्सन बगाउने समस्या रहेको छ । हाल डाइभर्सन मर्मतका लागि इन्जिनियरसहितको प्राविधिक टोली खटिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बाढीको बहाव क्रमशः घट्दै गएको छ र दिउँसोसम्म सवारी आवागमन पुनः सञ्चालनमा ल्याउने प्रयास जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =