रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

काठमाडौँ । रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

गत चैत १५ गते भएको तीनकुने घटनाका आरोपी मिश्रलाई न्यायाधीश तारादेवी महर्जनको एजलासले ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उक्त घटनाकै आरोपी शवलशम्शेर राणा पनि हिजो ३ लाख धरौटीमा छुटेका थिए ।

तर सो घटनाका योजनाकार दुर्गा प्रसाईंलाई भने अदालतले थुनामा पठाउन आदेश दिइसकेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fourteen =