रास्वपा जस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छन् : गोकुल बास्कोटा
२०८२ असार २ गते

काठमाडौं । सत्तारुढ नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै कटाक्ष गरेका छन् । सामाजिक सञ्जलामा लेख्दै नेता बास्कोटाले बजेटको बेला यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिने भन्दै कटाक्ष गरेका हुन् ।
उनले रास्वपाका सांसद तथा नेताहरूले सरकारलाई आफूले पनि आलोचना नगरेर र अरूबाट हुन सक्ने मौका समेत बन्द गरेको बताएका छन् । यसका लागि रास्वपालाई सरकारले धन्यवाद दिनुपर्ने भनेर व्यंग्य समेत गरे ।
उनले लेखेका छन्, ‘वास्तवमा सरकारले रास्वपालाई धन्यवाद दिनु पर्ने हो । उनीहरूले सरकारलाई आफूले पनि आलोचना नगरिकन र अरूबाट हुन सक्ने मौका समेत बन्द गरिदिएर हुनसम्म सजिलो बनाइ दिए । बजेटको बेला यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छन् होला । जे होस् देउसी लय मिलेको छ ।’
२०८२ असार २ गते
प्रतिक्रिया
सम्बन्धित








