प्राप्त अधिकारहरू गुम्न सक्ने खतरा छ : प्रकाशमान सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारहरू पनि गुम्न सक्ने खतरा कायम रहेको बताएका छन् ।

लामो संघर्षपछि ०४६ सालको जनआन्दोलनबाट अहिलेका अधिकारहरू पाएको बताउँदै पुनः बहाली भएको अधिकार सुरक्षित गर्न जरुरी रहेको बताए ।

प्राप्त अधिकार सुरक्षित राख्ने की नराख्ने भन्ने सवाल अहिलेको मुख्य विषय भएको बताए । प्राप्त अधिकार भन्दा पनि अरु बढी अधिकार खोज्दा यी उपलब्धिहरू पनि गुम्ने खतरा रहेको भन्दै प्राप्त अधिकारको रक्षा गर्न जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताए ।

उपप्रधानमन्त्री सिंहले भने ‘लामो संघर्ष गरेर ०४६ सालको जनआन्दोलनपछि फेरि हामी जनताले गुमाएको अधिकारहरू पुनः बहाली गराउन तपाईँ हामी सबै मिलेर गुमेको अधिकार प्राप्त गर्न सफल भएका हौँ । लोकतान्त्रिक प्रणालीसँगै विभिन्न जनजाति, भाषाभाषीहरुको त्यसको पहिचान व्यवस्थाले नै दिने भएकाले यो जुन व्यवस्था छ त्यस व्यवस्थाको विशेषता हामी कसैले पनि कसैको आदेशमा आएर बिर्सिनु हुँदैन । पहिला यसरी भेला गर्ने अधिकार नै प्राप्त भएको थिएन । यसरी संघ संस्थाहरु खोल्ने अधिकार प्रजातन्त्रको पुनः बहाली भइसकेपछि फेरि पाएका हौँ । हामी सबैले के बुझ्नुपर्छ भने प्राप्त अधिकार सुरक्षित राख्ने की नराख्ने सवाल त्यो छ । प्राप्त अधिकार भन्दा पनि अरु बढी अधिकार खोज्दा यी उपलब्धिहरू पनि गुम्ने हुन् की त्यसमा कसैले केही भन्नसक्छ र ? प्राप्त अधिकारको महत्वलाई बुझ्नुपर्छ । अधिकारको कुरा मात्रै गर्ने होइन, जिम्मेवारीको कुरा पनि गर्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले अधिकारको कुरा मात्रै नगरी जिम्मेवारीवोध गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 10 =