बाँकेमा नरैनापुर गाविसका अध्यक्षसहित १७ जना माथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । बाँके, नरैनापुर गाउँ विकास समितिमा अध्यक्षसहित १७ जना माथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आइतबार (आज) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाविसका अध्यक्ष अजय कुमार श्रीवास्तवसहित १७ जना माथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बाँकेमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गा.वि.स. सचिव र मुखियाले मिलेमतो गरी नियम विपरीत भत्ता वितरण एवं लिने खाने गरेको भन्ने उजुरीको अनुसन्धान गर्दा नरैनापुर गाउँ विकास समितिले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सामाजिक सुरक्षा भत्ता पाउन उमेर नपुगेका १९ जना व्यक्तिहरूलाई नागरिकतामा उल्लेखित जन्ममिति र नागरिकता जारी मिति अन्देखा गरिएको पाइएको आयोगले जनाएको छ ।

आयोगले ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकको रुपमा, नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई एकल महिलाको रुपमा र भारतमा विवाह गरी गएका महिलालाई एकल महिलाको रुपमा तत्कालीन सचिव र अध्यक्षले सामाजिक सुरक्षा लाभग्राही परिचयपत्र जारी गराई सामाजिक सुरक्षा भत्ता वितरण गरी रु.६,५६, ७०० हिनामिना हानिनोक्सानी गरेको पुष्टि जानकारी दिएको छ ।

उक्त कार्यमा संलग्न प्रतिवादीहरू सजाय हुन मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

साथै, पाटेश्वरी सिंह ठाकुर, मुज्फर खाँ, राम सुमझ कुर्मी, जलील खाँ र राम सेवक कूर्मीसमेतको मृत्यु भइसकेको विवरण प्राप्त भएकोले बिगोको हकमा प्रतिवादी तत्कालीन गा.वि.स. सचिव सावित राम कुर्मीबाट असुल उपर हुन मागदाबीसमेत लिइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =