राप्रपाले गर्‍यो संसद बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसद्को बैठक बहिष्कार गरेको छ ।

अवरोधकैबिच संसद्को कार्यसूची अघि बढेपछि राप्रपाले बैठक बहिष्कार गरेको हो ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले संसदको कारबाही सुरु गर्दा रास्वपा र राप्रपाले उभिएर विरोध जनाएका थिए ।

सभामुख घिमिरेले संसद अगाडि बाएसँगै रास्वपा सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् । राप्रपा सांसदहरु भने बैठकबाट बाहिरिएका छन् ।

अवरोधका बाबजुद संसद बैठक अहिले जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =