मन्त्रिपरिषद् बैठक स्थगित, ओली भेट्न गएनन् देउवा

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सन्चो नभएपछि बैठक स्थगित भएको हो । गभर्नर नियुक्तिका लागि बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री ओलीलाई रुघा लागेकोले आराम गर्नका लागि बैठक स्थगित गरिएको उनको सचिवालयले जनाएको छ ।

तर, गभर्नरमा सहमति नभएकाले मन्त्रीपरिषद् बैठक स्थगित गरिएको हुन सक्ने आशङ्का गरिएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्री परिषद्को बैठक रोकेर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बोलाएका थिए । सभापति देउवा अहिलेसम्म पनि प्रधानमन्त्रीलाई भेट्न गएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 10 =