बालेन साहको जापान भ्रमण रद्द
२०८२ जेठ १ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले जापान भ्रमण रद्द गरेका छन् ।
मन्त्रिपरिषद्ले भ्रमण स्वीकृत गर्ने औपचारिक निर्णय ढिलो गरेपछि भ्रमण रद्द गरेको उनले सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्ले गत वैशाख २५ गते नै वैशाख ३० देखि जेठ १ गतेसम्म जापानमा हुने स्मार्ट सिटी सम्बन्धी इन्टरनेसनल ट्रेनिङ वर्कसपमा जाने बालेनको भ्रमण स्वीकृत गरेको थियो ।
सचिवालयका अनुसार गत बिहीबार नै निर्णय भएको तर आइतबारको फ्लाइट रहेका कारण त्यति छोटो समयमा तयारी नपुगेको कारण भ्रमण रद्द भएको हो ।
भ्रमणको औपचारिक निर्णय भने आज मात्रै सार्वजनिक भएको हो ।
२०८२ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित








