म कुष्ठरोगी हुँ भन्नेकुरा गर्वका साथ भन्नसक्ने स्थिति निर्माण गर्न जरुरी : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सरकारले कुष्ठरोग सम्बन्धी व्यापक रणनीति बनाउन जरुरी रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्वास्थ्य मन्त्रालयले कुष्ठरोगीलाई औषधि र उपचारको मात्रै व्यवस्था गरेर नपुग्ने भन्दै उनले कुष्ठरोगको सम्बन्धमा व्यापक रणनीति बनाउन जरुरी रहेको बताए ।

उनले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता र जीवनस्तर र सार्वजनिक निर्णय प्रक्रियामा सहभागिता हुने समावेशिताको सिद्धान्त कुष्ठरोगबाट निको भइसकेका व्यक्तिहरूलाई समावेश गर्न जरुरी रहेको बताए । उनीहरूलाई स्थान दिए मात्रै उनीहरूले आत्मसम्मान पाउने र आत्मविश्वास जाग्ने बताए।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने ‘स्वास्थ्य मन्त्रालयले औषधि र उपचारको मात्रै व्यवस्था गरेर पुग्दैन । यो कुष्ठरोगको सम्बन्धमा एउटा कन्प्रिहेन्सिभ स्टाटेजी डेभलप गर्नुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता र जीवनस्तर र सार्वजनिक निर्णय प्रक्रियामा सहभागिता हुने समावेशिताको सिद्धान्त लगायतमा उनीहरूलाई हामीले स्पेश दियौँ भने तब उसको आत्मसम्मान जागेर आउँछ । उसको आत्मविश्वास जागेर आउँछ । यसको क्षमता, प्रतिभाको भरपुर प्रयोग गर्नसक्ने सम्भावना जागेर आउँछ ।’

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कुष्ठरोगीले म कुष्ठरोगी हुँ भन्नेकुरा गर्वका साथ भन्नसक्ने स्थिति निर्माण गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =