नेपालमा तीन वायुको प्रभाव, कुन-कुन प्रदेशमा छ वर्षा ?

काठमाडौं । देशभर पछिल्लो समय पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको छ। यसकै कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशको पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा वा आंशिक बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसका साथै, हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना समेत रहेको छ। आज राति पनि पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

मौसमी प्रणालीको प्रभावले जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने सम्भावना रहेकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन नागरिकहरूलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =