नीति तथा कार्यक्रम राष्ट्रिय सभामा टेबुल
२०८२ वैशाख १९ गते

काठमाडौँ । राष्ट्रिय सभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम टेबुल भएको छ ।
सभाको शुक्रवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गरे ।
सभाको बैठकले राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन समेत गरेको छ ।
सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राखेको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।
२०८२ वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित








