नयाँ दुलही आउँदा अलि बढी नै कुरा काटिन्छ : हितेन्द्रदेव शाक्य

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नयाँ दुलही आउँदा पुरानो दुलहीको तुलनामा बढी कुरा काटिने टिप्पणी गरेका छन् ।

श्वेतपत्र सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै शाक्यले यस्तो टिप्पणी गरेका हुन् ।

शाक्यलाई एक पत्रकारले कुलमान घिसिङ हुँदाका ताका भन्दा हाल बढी बिधुत काटिएको र बजारमा इन्भर्टर लगायतको आपूर्ति बढेको भन्दै प्रश्न गरेका थिए ।

जवाफमा कार्यकारी निर्देशक शाक्यले हाल कुनै पनि ठाउँमा बिधुत अवरुद्ध नभएको र पहिलेको भन्दा अझ योजनाबद्ध तवरबाट बिधुत प्रवाह गरिरहेको बताए ।

उनले कार्यकालको सुरुवातमा अलि विरोध गरेको देखिएको बताउँदै नयाँ दुलही आउँदा अलिक बढी कुरा काटिने बताए ।

‘कुनै पनि ठाउँमा बिधुत अवरुद्ध भएको छैन, पहिलेको भन्दा अझ योजनाबद्ध तवरबाट बिधुत प्रवाह गरिरहेका छौं,’ उनले भने, ‘नयाँ दुलही आउँदा अलिक बढी नै कुरा काटिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =