रेशमलाई पक्राउ गर्न पत्र लेख्ने अधिकृतलाई ३ कसुरमा म्याद थप माग्ने तयारी
२०८२ वैशाख १९ गते

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गर्न पत्र लख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गरिने भएको छ ।
सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग गरेर विष्टले चौधरीलाई पक्राउ गर्न पत्र लेखेका थिए । उक्त पत्रकै आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरेर कारागार पठाएको थियो ।
उक्त अनधिकृत पत्र लेख्ने विष्टविरुद्ध तीन वटा कसुरमा म्याद थप्ने तयारी गरिएको प्रहरीले जानकारी दियो ।
प्रहरी स्रोतका अनुसार उनी विरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेस गर्ने तयारी गरिएको छ ।
२०८२ वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित








