डा. बबी सिंहको स्पष्टीकरण- यो त खेलौना बन्दुक हो, मनोरञ्जनमात्र थियो

काठमाडौं । सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको पेस्तोल डान्स भिडियोबारे जनता समाजवादी पार्टी (जसपा) की नेतृ डा. बबी सिंह यादवले औपचारिक स्पष्टीकरण दिएकी छन् । एक वैवाहिक समारोहमा खिचिएको उक्त भिडियोमा उनलाई हातमा पेस्तोलजस्तो वस्तु समातेको र फायरिङ शैलीमा नाचिरहेको देखिन्छ ।

तर नेतृ यादवले भिडियोमा प्रयोग गरिएको वस्तु ‘रेन्जर टोइ’ नामक खेलौना बन्दुक मात्र भएको स्पष्ट पार्दै यस विषयलाई अतिरञ्जित नगर्न आग्रह गरेकी छन् । ‘केही समय यता सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले आफ्नो आधिकारिक फेसबुकमार्फत भनेकी छन्, ‘एक वैवाहिक समारोहकाबीच मैले ‘रेन्जर टोइ’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनहुन सम्पूर्णमा अनुरोध गर्दछु ।’

उनले उक्त भिडियो नितान्त मनोरञ्जनात्मक उद्देश्यले खिचिएको बताउँदै यसबाट कुनै राजनीतिक, सामाजिक वा कानुनी मर्म नबुझ्न अनुरोध गरेकी छन् । भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ । कतिपयले नेतृ यादवको शैलीप्रति आलोचना गरेका छन् भने केहीले त्यसलाई सामान्य मनोरञ्जनका रूपमा लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =