रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने अधिकृत विष्ट पक्राउ
२०८२ वैशाख १७ गते

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै पत्र काट्ने सर्वोच्च अदालतका शाखा अधिकृत पक्राउ परेका छन् ।
अदालतको रिट तथा मुद्दा महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले चौधरीलाई कारागारमा राख्नु भन्दै डिल्लीबजार कारागारलाई पत्र लेखेका थिए ।
विष्टले बुधवार एक पत्र लेख्दै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए ।
उक्त पत्रका आधारमा प्रहरीले चौधरीलाई प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको थियो ।
२०८२ वैशाख १७ गते
प्रतिक्रिया
सम्बन्धित








