सर्वोच्चले प्रहरीलाई पठायो पत्र, रेशम चौधरी रिहा हुँदै
२०८२ वैशाख १७ गते

काठमाडौं । आज दिउँसो मात्रै पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा हुने भएका छन् ।
अदालतमा विचाराधीन अवस्थामै रहेको मुद्दामा सर्वोच्चले आज मात्रै पक्राउ गर्न पत्र पठाएको थियो । तर, उक्त पत्र गैरकानुनी रहेको भन्दै सर्वोच्च अदालतले अर्को पत्र पठाएको छ ।
अदालतले चौधरीलाई थुनामुक्त गर्न भन्दै प्रहरीलाई पत्र पठाएको हो । अब केही बेरमा चौधरी छुट्ने छन् ।
यसअघि चौधरीलाई पक्राउ गर्न भन्दै पत्र काट्ने शाखा अधिकृत महिमानसिंह विष्ट भने पक्राउ परेका छन् उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखिएको छ ।

२०८२ वैशाख १७ गते
प्रतिक्रिया
सम्बन्धित








