बालाजुमा पारिवारिक विवादपछि महिलाद्वारा आत्मदाह प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिका-१६, बालाजुस्थित जागृति टोलमा आइतबार राति एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने घटना भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार, ४५ वर्षीया बिना श्रेष्ठले राति करिब १० बजेतिर श्रीमानसँगको विवादपछि आफूलाई आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घाइते श्रेष्ठलाई तत्कालै उद्धार गरी नयाँबजारस्थित पिपल्स अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका चिकित्सकहरूका अनुसार उनको पेट, छाती र बायाँ हातको करिब २५ प्रतिशत भाग जलेको छ र अहिले उनको उपचार जारी छ । यस घटनाको विस्तृत अनुसन्धान बालाजु प्रहरी वृत्तले अगाडि बढाइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *