सङ्घीयताका मर्मअनुसार कार्यक्रम सञ्चालन गरिनुपर्छ : यातायातमन्त्री

जलेश्वर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सङ्घीयताको मर्म अनुरुप नेपालका सबै प्रदेशमा उचित रुपमा विकासका कार्यक्रम सञ्चालन गरिनुपर्ने बताएका छन् ।

मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज बर्दिवासमा आयोजित ‘सङ्घीयतामा पूर्वाधार विकासको महत्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ कार्यक्रममा उनले संविधानमा उल्लेख गरिएको हकअधिकार सदुपयोग हुने गरी सातवटै प्रदेशको विकासमा राज्यको भूमिका हुनुपर्नेमा जोड दिए ।

उनले प्रत्येक प्रदेशका विशेषता अनुसारको आआफ्नै समस्या रहेकाले त्यस्ता समस्यालाई राज्यले सम्बोधन गर्नुपर्ने बताए ।

मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको विशेष पहलमा आज सातवटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीलाई मधेस प्रदेशमा जमघट गराएर विकासका गतिविधि, सम्भावना, चुनौती र अभ्यासहरु साझा गरिएकामा मन्त्री दाहालले खुसी व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *