पूर्व प्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

२०८२ वैशाख १५ गते

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।
प्रगतिशील नेपाली समाजको अधिवेशनमा भाग लिन शुक्रबार भारत पुगेका अध्यक्ष भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।
भेटका क्रममा उनीहरूबिच दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे सकारात्मक छलफल भएको पूर्व प्रधानमन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार विशेष गरी दुई देशबिचको आर्थिक सम्बन्धलाई कसरी नयाँ उचाइमा पुर्याउने र थप प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको थियो ।
भेटमा अध्यक्ष भट्टराईले भारतको कश्मिर क्षेत्रको पहलगाममा भएको आतङ्कवादी हमलाबारे दुःख व्यक्त गर्दै निन्दा तथा भत्र्सना गरेका थिए ।

२०८२ वैशाख १५ गते
प्रतिक्रिया
सम्बन्धित