शिक्षकहरूलाई धम्क्याउनु कुशासनको अर्को उदाहरण : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलित शिक्षकको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेता कोइरालाले शिक्षकहरू आन्दोलनमा उत्रिएको लामो समय भएको भन्दै एक दुई दिनमै समस्या समाधान गरेर पठन–पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेता कोइरालाले शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
उनले शिक्षकहरूमाथि सडकमै गएर प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुशासनको अर्को उदाहरण रहेको टिप्पणी गरे ।
‘शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरूमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुशासनको अर्को उदाहरण हो,’ उनले लेखेका छन्, ‘अब धेरै ढिला भयो । एक दुई दिन मै समस्या समाधान गरी पठन–पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।’
नेता कोइरालाले अब धेरै ढिला भएको बताउँदै शिक्षकका समस्या समाधान हुनुपर्ने बताए ।








