सार्वजनिक पद धारण गरेकाहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न माग

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले राजनीतिक दलका नेता तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न प्रस्ताव गरेका छन् ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । उनले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार वाधक रहेको समेत उल्लेख गरे ।

संविधान संशोधन गरेरै भएपनि सर्वशक्तिसम्पन्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने उनको भनाइ छ । उनले छानबिन गर्दा यदि कसैले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भेटिए त्यसलाई राष्ट्रियकरण गर्नेगरी अघि बढ्न जरुरी रहेको बताए ।

उनले भने ‘अर्को कुरा भ्रष्टाचारको यति ठूलो आवाज उठेको छ भने सुशासनको मूल समस्या भ्रष्टाचार हो भने त्यसका निम्ति संविधान संशोधन गरेरै भएपनि एउटा उच्च स्तरको सर्वशत्तिसम्पन्न छानबिन आयोग बनाऊँ जसले केवल राजनीतिकर्मीको मात्रै नभई मुलुकको सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन गरौं । यदि छानबिन गर्दाखेरि यदि कसैले गैरकानूनी ढंगले कमाएको सम्पत्ति छ भने त्यसलाई राष्ट्रियकरण गरौं ।’

उनले संविधानमा रहेका समस्याहरूको पहिचान गर्न संविधानको पुनरावलोकन गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =