ज्ञानेन्द्र शाहले मुख नमिठ्याए हुन्छ : विष्णु रिजाल

काठमाडौं । सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा कसैले फर्काइ दिन्छ भनेर मुख नमिठ्याउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यो सात साल नभएको भन्दै शाहलाई यस्तो आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘यो सात साल होइन । त्यतिबेला भागेर भारतीय दूतावासमा शरण लिँदै दिल्ली पुगेका त्रिभुवनलाई भारतले गद्दीमा फर्काइ दिएझैं अहिले जनआन्दोलनबाट सत्ताच्यूत भएका ज्ञानेन्द्रलाई कसैले फर्काइदिन्छ भनेर मुख नमिठ्याए हुन्छ ।’

योगी आदित्यनाथको तस्बिर बोकेर प्रदर्शन भएको भन्दै रिजालले भने, ‘तिनैको राज्य उत्तर प्रदेशमा ५० करोड मानिसले कुम्भमा भाग लिँदा ‘हिन्दू-सम्राट’ भनेर दाबी गर्ने ज्ञानेन्द्रले कोशिस गर्दा पनि निम्तो नपाइएको भर्खरै हो ।’

यस्तै उनले गणतन्त्रको विरोध गर्दा ‘विदेशीले ल्याइदिएको’ भनेर जनताको मानमर्दन गर्ने तर गुमेको सत्ता फर्काउन विदेशीको दलाली गर्ने कुराले कथित राष्ट्रवादको मुखुण्डो राम्रैसँग उतारिदिएको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =