जंगली जनावरको आतङ्क रोक्न सांसद सिंहको माग

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका शेखरकुमार सिंहले सप्तरीका पूर्वी भेगका खेती बाली संरक्षणका लागि हाई प्वाइन्ट निर्माण सरकारसँग माग गरे ।

आइतबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले किसानले जंगली जनावर र घरपालुवा पशुबाट समेत आतंकित हुनु परेको बताए ।

उनले जंगली जनावरको आतंकका कारण किसानले खेतीबाली सुरक्षाका लागि निगरानी गर्ने अवस्थासमेत नरहेको बताए । सप्तरी जिल्लाका पूर्वी क्षेत्रका किसानले हरेक वर्ष जनावरको आतंक व्यहोर्दै आएको उनको भनाइ छ ।

उनले भने, ‘सप्तरीका पूर्वी भेगका किसान, वन्यजन्तु आरक्षणको नामा लोकल गाई भैँसीबाट पनि आतंकित हुनुपर्ने अवस्था छ । त्यहाँको उखु र गहुँ बाली हरेक रात १५–२० बिघा नास भइरहेको छ । किसानले आफ्नो खेतसम्म गएर गोठालो बस्न पनि पाइँदैन किन की त्यहाँ जंगली जनावरको पनि आतङ्क हुन्छ त्यस कोशी क्षेत्रमा, यो समस्या हरेक वर्ष खेप्तै आएको छ । वन मन्त्रालयमा हाइ प्वाइन्ट निर्माण गरे किसानले बाली सुरक्षा गर्न सक्थे र जनावर पनि सुरक्षित हुन्थ्यो ।’

राष्ट्रिय सभा सदस्य सिंहले गजेन्द्रनारायण सिंह अस्पतालमा विकास समितिबाट असुल भएको ठूलो रकमबारे खर्च विवरणका लागि विशेषज्ञको टोली खटाउन सरकारसँग माग गरे । अस्पतालका लागि विनियोजित नियमित बजेट खर्च नहुने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 15 =