त्रिशक्ति सेक्युरिटिजको ललितपुर शाखा उद्घाटन

काठमाडौँ । त्रिशक्ति सेक्युरिटिज लि.ले आफ्नो ५औं शाखा कार्यालय ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं . ०५, जावलाखेलमा आज एक विशेष कार्यक्रम गरी शुभारम्भ गरेको छ ।
आइतबार त्रिशक्ति सेक्युरिटिजले ग्राहक सेवा विस्तार र लगानीकर्तालाई थप सहज तथा प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले ५औं शाखा ललितपुरमा विस्तार गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथिमा नेपाल स्टक एक्सचेन्ज लि.का अध्यक्ष शोभाकान्त पौडेल रहेका थिए भने विशेष अतिथिमा ललितपुर म.ना.पा वडा.न. ०५ का वडा अध्यक्ष विकाश मान श्रेष्ठ उपस्थितको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथिमा शोभाकान्त पौडेलले शेयरबजारको जोखिम तथा प्रतिफलको बारेमा प्रकाश पार्दै सुनिश्चित भई लगानी गर्नु पर्ने बताउनुको साथै नेपालमा पूजि बजारको धेरै सम्भाव्यता रहेको र क्रमशः धेरै कुराहरूको विकास भईरहेको समेत जानकारी गराइन् ।
कार्यक्रमका प्रमुख अतिथि पौडेलले हाल पुँजी बजारको विकासमा ब्रोकर कम्पनीहरूको योगदान उल्लेखनीय रहेको बताउँदै, त्रिशक्ति सेक्युरिटिजको सेवा विस्तारले लगानीकर्तालाई अझ सहजता दिने विश्वास व्यक्त गरे ।

विशेष अतिथि वडा नं . ०५ का अध्यक्ष विकाश मान श्रेष्ठले कम्पनीको प्रगतिको शुभकामना दिदैं आवश्यक सहयोगको लागि तत्पर रहेको बताए ।
कार्यक्रममा लगानीकर्ताहरूको तर्फबाट अतिथिको रूपमा रहेका दिपक रिमालले शेयरबजारको महत्त्व तथा औचित्यता माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य कम्पनीका मेनेजिङ्गी डाइरेक्टर गोविन्द दाहालले गरे भने कार्यक्रममा दाहालले सेवा विस्तारमार्फत लगानीकर्ताको पहुँचलाई सहज तुल्याउने प्रतिबद्धता जनाउँदै सम्पूर्ण लगानीकर्तालाई उत्कृष्ट सेवा प्रदान गर्ने आश्वासन दिए ।
कार्यक्रमको अध्यक्षता कम्पनीको संस्थापक अध्यक्ष टंक प्रसाद गौतमले गरेका थिए ।
कम्पनीले यस अघि पुतलीसडक केन्द्रीय कार्यालयका अतिरिक्त पोखरा, महेन्द्रनगर, हेटौडाबाट डिम्याट, टि.एम.एस. लगायतमा शेयर कारोबार सम्बन्धी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।









