चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

काठमाडौं । चितवनको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलव ४१ प्रतिशत खर्च भएको छ । चितवन विकासका लागि प्राप्त रु १० अर्ब २१ करोड ८५ लाखमध्ये रु पाँच अर्ब ९६ करोड ९३ लाख खर्च भएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका प्रमुख भीमार्जुन ज्ञवालीले पुँजीगततर्फ बजेट खर्च कम हुनुमा निर्धारित समयमा ठेक्काको काम सम्पन्न नहुनु मुख्य रहेको बताए ।

उनले भने, “बोलपत्रदाताले कम रकममा ठेक्का सकार्नु र निर्माणको काम ढिला हुनु मुख्य रहेको छ ।” चालुतर्फ रु १४ अर्ब १८ करोड ४८ लाखमध्ये रु १३ अर्ब ५० करोड ३७ लाख खर्च भएको छ ।

स्थानीय तहमा जाने अनुदान रकम चालु बजेटतर्फ आउने भएकाले चालु खर्चको रकम धेरै देखिने गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =