प्रेस विज्ञप्ति

एनसेलको ‘फ्ल्यास सेल’ : हरेक आइतबार खल्तीमा बोनस डेटा, टक टाइमका साथै उपहार जित्न सकिने

काठमाडौँ । एनसेलले खल्तीसँगको साझेदारीमा आफ्ना ग्राहकहरूका लागि खल्ती एपमा पनि फ्ल्यास सेल अफर ल्याएको छ । यस अन्तर्गत अब हरेक आइतबार खल्तीबाट प्याकहरू किन्दा ग्राहकहरूले बोनस डेटा, टक टाइम पाउनुका साथै आकर्षक उपहार पनि जित्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आज आइतबार (फागुन ११) बाट सुरु भई चैत्र ९ सम्म सञ्चालनमा रहने यो अफर अन्तर्गत बोनसका साथ सेवाको फाइदा लिन र उपहार जित्ने मौका पाउनका लागि ग्राहकले खल्तीमार्फत एनसेलका छानिएका सात प्याकहरूमध्ये कुनै एक प्याकको खरिद गर्न सक्नेछन् । यसरी छानिएका प्याकहरूमा सधैँ अन अन्तर्गतका चार, होम एन्ड अवेका दुई वा ९९९ अनलिमिटेड रहेका छन् ।

सधैँ अनका प्याकहरुका प्याक अनुसार ग्राहकहरूले ५ जीवी, ८ जीवी वा १० जीवी डेटा बोनसका रूपमा पाउँछन् । होम एन्ड अवेका प्याक किन्दा ५ जीवी वा ७ जीवी थप डेटा बोनस पाइन्छ । त्यसैगरी, ९९९ अनलिमिटेड डेटा प्याक किन्दा ग्राहकले १०० मिनेट अन नेट टक टाइम बोनस प्राप्त गर्दछन् ।

सुरुवातमा एनसेल एपको विशेष अफरका रूपमा सञ्चालनमा ल्याइएको यो फ्ल्यास सेल अब हरेका हप्ता आइतबारका दिन ग्राहकहरूलाई बोनस सुनिश्चित गर्दै खल्तीमा पनि लागु भएको कम्पनीले जनाएको छ । उदाहरणका लागि, खल्तीबाट सधैँ अन ७९९ को प्याक खरिद गर्दा प्याकमा पाइने अनलिमिटेड अल–नेट टक टाइम, ३० जीवी डेटा, ७९ अल–नेट एसएमएस बाहेक ग्राहकहरूले अब थप ५ जीवी बोनस डेटा प्राप्त गर्न सक्छन् ।

खल्तीसँगको यो साझेदारीले ग्राहकहरूलाई डिजिटल कारोबारका लागि प्रोत्साहन प्रदान गर्ने र उनीहरूका लागि सेवामा पहुँच अझै सुलभ हुने विश्वास एनसेलले लिएको छ । यसका अतिरिक्त, एनसेलले हरेक शनिवार एनसेल एपमा सञ्चालन गर्दै आएको फ्ल्यास सेललाई जारी राखेको जनाएको छ । एनसेल एपबाट शनिवारका दिन सेवा खरिद गर्दा ग्राहकहरूले बोनसका साथै फागुन २४ सम्मका लागि न्यूम्यूका सामान किन्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्ने जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eighteen =