‘रोयल इनफिल्ड महा-राइड’ भव्य रूपमा सम्पन्न

काठमाडौँ । पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइ दिन नेपालगन्जमा ‘रोयल इनफिल्ड महा-राइड’ भव्य रूपमा सम्पन्न भएको छ ।
रोयल इनफिल्ड शोरूम नेपालगन्जबाट सुरु भएको यो साहसिक यात्रा नेपालगन्ज सिटी टुर गर्दै (GABHAR VALLEY) गाभर उपत्यकासम्म पुगेर सम्पन्न भएको हो ।
यस रोमाञ्चक यात्रामा ७५ भन्दा बढी रोयल इनफिल्ड राइडर्सहरु सहभागी भएका थिए । कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट रहेका थिए, विशिष्ट अतिथिका रूपमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल रहेका थिए भने, अतिथि नेपाल प्रहरी–जनपथका , प्रहरी उपरीक्षक तुलविक्रम कार्की, शसत्र प्रहरी बलका प्रहरी उपरीक्षक शोभाकान्त खनालको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमको झन्डोत्तोलन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र नगर प्रमुख प्रशान्त विष्टबाट भएको थियो । यात्रालाई थप विशेष बनाउन महिला राइडर तथा प्रोफेसनल बाइक राइड प्रशिक्षक शीतल गिरी काठमाडौंबाट सहभागी भएकी थिइन् । साथै चर्चित भ्लगर विशाल थापा र सुप्रिम भ्लग पनि यो यात्राको हिस्सा बनेको आयोजकले जनाएको छ ।
नेपालगन्ज सहरको सुन्दर टुर पश्चात् राइडरहरू गाभर उपत्यका पुगेका थिए । त्यहाँ स्थानीय समुदायले खादा र सांस्कृतिक नृत्यको माध्यमबाट भव्य स्वागत गरे । यात्राले न केवल मोटरसाइकल पर्यटनलाई प्रवर्द्धन गर्यो, बरु स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्यलाई समेत उजागर गरेको आयोजकले जनाएको छ ।
यात्राको थप आकर्षण रोयल इनफिल्ड बाइक म्युजिकल चेयर प्रतियोगिता थियो, जसमा राकेश ९रकी०ले जित हासिल गरेका थिए । कार्यक्रमको अन्तिम चरण नेपालगन्ज शोरूममा समापन गरियो, जहाँ
सहभागीमध्ये सबैभन्दा अनुशासित र मैत्री रोयल इनफिल्ड राइडर दशरथ चन्द लाई सम्मान प्रदान गरिएको थियो ।
यस भव्य महा–राइडले नेपालगन्ज र गाभर उपत्यकाको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । रोयल इनफिल्डका उत्साही राइडरहरू आगामी यात्राहरूमा अझ उत्साहित हुँदै सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्दै अन्ततः आफ्नो गन्तव्यतर्फ लागेका थिए ।








