नाडा र नाडाका प्रादेशिक एशोसिएशनबिच बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ । बुटवल रुपन्देहीमा नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल, लुम्बिनी अटोमोवाइल्स एसोसिएसन अफ नेपाल र नाडाका संस्थागत (प्रादेशिक) एसोसिएसनका अध्यक्षहरूबिच बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरूमा बृहत् छलफल भएको थियो ।

सो कार्यक्रममा संस्थागत एशोसिएशनहरुबाट उपस्थित भएका पदाधिकारी तथा सदस्यहरूले विभिन्न प्रश्नहरू गर्दै त्यसको समाधानका लागि समेत आग्रह गरेका थिए ।

यसै क्रममा पदाधिकारी तथा सदस्यहरूले कर तिर्ने व्यवसायीहरूले सरकारीतहबाट यथोचित सम्मान पाउन नसकेको, सीमापारीबाट सामानहरूसँगै अटोमोवाइल प्राविधिज्ञहरू समेत आउने गरेको र यसले साना व्यवसायीहरूलाई नकारात्मक प्रभाव पार्ने गरेको, बैंङ्गहरुले ऋण दिने भने पनि व्यवसायीहरूले ऋण लिन सक्ने अवस्था नरहेको, प्रदेश यातायात व्यवस्था कार्यालयहरूमा पनि लाइसेन्स वितरणको समस्या यथावत नै रहेको, देशको राजश्व र रोजगारीको क्षेत्रमा अटोमोवाइल क्षेत्रको ठुलो लगानी भए पनि सो अनुरूप सरकारको दृष्टिकोण सकारात्मक नभएको समस्या बारे प्रश्नहरू राखेका थिए ।

साथै बजार अनुगमनको नाममा अझै जरिवाना तिर्नु पर्ने अवस्था विद्यमान नै रहेको, आर्थिक मन्दीको कारण व्यवसायीहरूलाई आफनो व्यवसायमा टिकी रहन कठिन हुँदै गएको, नाडाको दोहोरो सदस्यताले समस्या उत्पन्न हुने गरेको, मुल्याङ्गनका सम्बन्धमा भन्सार कार्यालयहरूमा हुने गरेको समस्या, गरेको, ब्राण्ड खुलाएर आयात गर्न पाउने व्यवस्था हुनुपर्ने, खुल्ला वोर्डरले पारेको समस्या, व्यवसायीहरूको पुरानो स्टकको समस्या, नक्कली अटोमोवाइल पार्टसहरुको आयातले व्यवसायीहरूले भोग्नु परेको समस्या लगायतका विभिन्न विषयहरूमा प्रश्नहरू राखेका थिए ।

सो कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले त्यहाँ उठेका विभिन्न प्रश्नहरूको जवाफ दिएका थिए । सो प्रश्नहरूको जवाफ दिने क्रममा अध्यक्ष चौधरीले सरकारले नाडाको आवाज सुन्न थालेको भन्दै सरकारले हालै अध्यादेश मार्फत ल्याइएको ऐनबाट धेरै हदसम्म हाम्रा मागँहरु सम्बोधन भएको जानकारी दिए । सोही क्रममा अध्यक्ष चौधरीले विभिन्न प्रश्नहरूको जवाफ दिने क्रममा सन्दर्भ समय सापेक्ष बनाउन सरकारलाई निरन्तर रुपमा आग्रह गर्दै आएको र नाडाका विभिन्न मागहरूलाई लिएर प्रधानमन्त्री कार्यालय लगायत सम्बद्ध मन्त्रालय र विभागहरूमा भेटघाट र छलफल समेत गरिएको बताए ।

यसै क्रममा अध्यक्ष चौधरीले बङ्गलादेश भुटान भारत र नेपालबिच हुन लागेको विविआइएन सहमति सम्बन्धी बैठकमा स्वयम सहभागी भएको र त्यस सहमतिले नेपालको अटोमोवाइल क्षेत्रलाई पार्ने नकारात्मक प्रभावहरूका विषयमा नाडाकोतर्फबाट धारणा राखिएको बताउँदै हालै भारतको नयाँ दिल्लीमा भारत मोविलिटीको सन्दर्भमा नाडा, एक्मा र एयसडिसी बिच भएको सहमति बारे पनि जानकारी दिएका थिए ।

सो अन्तरक्रिया कार्यक्रममा लुम्बिनी अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले स्वागत गरेका थिए भने कायक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए ।

त्यसैगरी सो कार्यक्रमको धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले गरेका थिए ।

भर्चुअल विधिमा समेत आयोजना गरिएको सो कार्यक्रममा नाडाकातर्फबाट संस्थागत उपाध्यक्ष तेजनारायण साह, संस्थागत सदस्य कृष्णप्रसाद श्रेष्ठ तथा भद्र भण्डारी, केन्द्रीय कार्य समिति सदस्यद्धय नवराज भुषाल, प्रकाश कपुरी, सुनिल रिजाल, निलमणी पाठक मेघराज पौडेल, नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो ।

त्यसैगरी हेटौडा अटोमोवाइल्स एशोसिएशनकातर्फबाट अध्यक्ष ऋषि ढकाल, पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएसनका अध्यक्ष दिपेन्द्र कोईराला समेतको उपस्थिति रहेको थियो । त्यसैगरी लुम्बिनी अटोमोवाइल्स एसोसिएसन अफ नेपालकातर्फबाट वरिष्ठ उपाध्यक्ष रोशन पाण्डे, उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, उपाध्यक्ष नरेन्द्र ओली, महासचिव राम बेलवासे, सचिव विवेक श्रेष्ठ, कोषाध्यक्ष नारायण पौडेल, सहकोषाध्यक्ष चन्द्रदिप जोशी, सहसचिव तिलकराम पाण्डे सदस्यद्धय दिपक ओली, प्रवेश भट्टराई, रमेश श्रेष्ठ, थिरेन्द्र श्रेष्ठ, दिपक पौडेल, केशव पाण्डे, बालकृष्ण पाण्डे, ओमहरी आचार्य, कमल न्यौपाने, दिनेश अमात्य र साधारण सदस्य प्रकाश भट्टराई र जगदीश भट्ट समेतको उपस्थिति रहेको थियो ।

त्यस्तै सो कार्यक्रममा हेटौडा अटोमोवाइल्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष धर्म धिमाल, महासचिव दिपेन्द्रकुमार उप्रेती र सदस्य विकाश नेपालको उपस्थिति रहेको थियो । त्यसैगरी कर्णाली अटोमोवाइल्स एसोसिएसनका उपाध्यक्ष सै अनवर अली, लुम्बिनी अटोमोवाइल्स एसोसिएसन अफ नेपालका सल्लाहकार गोपाल प्रसाद पाण्डे, कानुनी परामर्शदाता कृष्णप्रसाद पाण्डे र प्रेस सल्लाहकार स्वस्तिक श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा लुम्बिनी अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष गणेश भट्टराइले नाडाका अध्यक्ष करण चौधरीलाई मायाको चिन्हो प्रदान गरेका थिए ।

यस किसिमका कार्यक्रहरुले नाडा र नाडा संस्थागत (प्रदेश) एशोसिएशनहरु बिचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुँदै जाने विश्वास नाडाले लिएको छ । यस्ता कार्यक्रमहरू नाडाले विगतमा पनि गर्दै आएको र आउँदा दिनहरूमा पनि गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 17 =