मन्त्रिपरिषद् बैठकले गर्यो सचिवहरुको सरुवा

२०८१ माघ २८ गते

काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा कार्यरत घनश्याम उपाध्यायलाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको एक मन्त्रीले बताए । राष्ट्रपतिको कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा गरिएको ती मन्त्रीले बताए ।

२०८१ माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित