सरकारका काम कारबाहीलाई गति दिन अध्यादेश ल्यायौँ : गृहमन्त्री

कैलाली । गृहमन्त्री रमेश लेखकले सरकारका काम कारबाहीलाई गति दिन अध्यादेश जारी गरेको बताएका छन् । सोमबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले अध्यादेश उपयुक्त समयमा संसद्मा पेस गरी पास हुने बताए ।

अध्यादेश पारित गर्न कुनै समस्या नरहेको उनको भनाइ थियो । उनले सरकार दुई दलको सम्झौताअनुसार २०८४ को निर्वाचनसम्म अघि बढ्ने बताउनुभयो । गृहमन्त्री लेखकले नेपाली कांग्रेस र एमालेबीच सत्ता सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पारे ।

उनले भने,“व्यक्तिगत रुपमा कुन नेताले कहाँ के बोल्छन त्यो राजनीतिक कुरा हो, तर सत्ता सञ्चालनमा कुनै समस्या छैन ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *