‘ट्रान्सफर्म विइथ हाइलाइट’ अभियान : स्वस्थ जीवनशैलीको लागि रोमाञ्चक चुनौती र उपहारहरू !


काठमाडौँ । नेपालकै अग्रणी एफएमसिजी (FMCG) ब्रान्ड हाइलाइफ फुड्सले नयाँ वर्ष २०२५ देखि स्वस्थ जीवनशैली सुरु गर्ने अठोट र संकल्प लिएका सबैलाई प्रोत्साहित गर्दै ‘Transform with Hilife’ नामक रोमाञ्चक अभियान लिएर आएको छ ।
यस अभियानमा सहभागीहरूलाई आफ्ना नयाँ वर्ष २०२५ का सङ्कल्पहरूलाई निरन्तरता दिन मात्र होइन, आकर्षक उपहारहरू तथा हाइलाइफका स्वास्थ्यकर सामग्रीहरू जित्ने अवसर समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार स्वस्थ जीवनशैली र पौष्टिक आहारलाई प्रोत्साहन गर्दै Hilife ले द्विसाप्ताहिक (Bi-Weekly) चुनौतीहरू प्रस्तुत गर्नेछ, जसमा फिटनेस, सन्तुलित आहार तथा पौष्टिक जीवनशैलीसँग सम्बन्धित विभिन्न गतिविधिहरू समावेश रहनेछन् ।
Push Up Challenge, Healthy Breakfast Challenge जस्ता अन्य चुनौतीहरूको साथमा हाइलाइफले उपहारहरू पनि ल्याउने गरेको जानकारी दिएको छ ।
चुनौतीहरू पुरा गर्दै,भिडिओ बनाएर आफ्नो फेसबुक वा इन्स्ट्राग्राममा #Transformwithhilife, #Sayhitohealthylife जस्ता Hashtag राखेर हाइलाइफको ‘Transform with HilifE’ अभियानमा भाग लिन सकिन्छ ।
Gym Subscription, Fitness Watch, Blender, Zumba Classes, Hilife Goodies र अन्त्यमा, 1 लाख Worth को Treadmill जित्ने मौका रहेको यो अभियान, स्वास्थ्य जीवन जिउन चाहनेहरूलाई एक सुनौलो मौका भएको कम्पनीले जनाएको छ ।
हाइलाइफको ‘Transform with Hilife’ अभियानमा संलग्न भएर कति जनाले आकर्षक उपहार पनि जितिसकेको र healthy life को सुरुवात पनि गरिसकेको कम्पनीले जनाएको छ ।
