देउवा असफल हुनुभयो,अब कांग्रेसको सभापति र प्रधानमन्त्री शेखर हुन् : सुजाता कोइराला [भिडियो]
२०८१ माघ २८ गते
![देउवा असफल हुनुभयो,अब कांग्रेसको सभापति र प्रधानमन्त्री शेखर हुन् : सुजाता कोइराला [भिडियो]](https://www.makalukhabar.com/wp-content/uploads/2025/02/sujata-koirala-mk.jpg)
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले वर्तमान पाार्टी सभापति शेरबहादुर देउवा पूर्ण रुपमा असफल भएको बताएकी छन् ।
‘गिरीजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठिमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।
उनले भनिन्,‘अहिलेका सभापति शेर बहादुर देउवाको कुनै विचार नै छैन । त्यसकारण उहाँ पूर्ण रुपमा असफल भइसक्नुभयो,अब देउवाले कांग्रेस हाँक्न सक्नुहुन्न ।’
साथै नेतृ कोइरालाले अब कांग्रेसको सभापति र प्रधानमन्त्री डा.शेखर कोइराला हुने घोषणा गर्दै यसमा आफ्नो सहयोग रहने बताइन् ।
एमालेले देश हाँकिरहेको र कांग्रेस स्याडोमा परेको उनको भनाई थियो । राजनीति र प्रजातन्त्र बिग्रियो भने देश नै बिग्रीने उनले बताइन् ।
‘गिरीजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठिमा आफ्नो धारणा राख्दै कांग्रेस नेतृ कोइराला
२०८१ माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित








