यो सरकारसँग जादुको मन्त्र छैन, काम गर्ने साझा सहमति छ : सांसद दाहाल

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले सांसद तुलसाकुमारी दाहालले सरकारसँग जादुको मन्त्र नभइ साझा कामका सहमति रहेको बताएकी छन् ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकारसँग जादुको मन्त्र नभइ कामका साझा सहमतिहरु रहेको बताएकी हुन् ।

उनले संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउनुपर्ने स्थिति किन आयो ? भन्नेकुराको मनन गर्न आग्रह गरिन् ।

‘संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउनुपर्ने स्थिति किन आयो ? यसको मनन गरौँ । यो सरकारसँग जादुको मन्तर छैन तर केही साझा सहमतिहरु गरेको छ’ उनले भनिन् ।

२०६३ साल मंसिर ५ गते ७ राजनीतिक दल र तत्कालीन माओवादी दलबीच भएको १२ बुँदे शान्ति सम्झौताअनुसार अझै पनि न्याय निरुपण गर्न नसक्नु दुःखको विषय भएको बताइन् ।

सरोकारवाला दल पटक पटक सत्तामा रहँदा पनि तत्कालीन नेपाल सरकार र तत्कालीन बिद्रोही माओवादी दुवै पक्षबाट मारिएका, बेपत्ता भएका व्यक्तिहरुको विषयमा सम्बोधन र न्याय निरुपण हुन नसक्नु दुःखलाग्दो विषय भएको बताइन् ।

उनले स्वर्गद्वारी गुठीका पीडितहरुले उठाएका जायज मागहरुको सम्बोधन गर्न आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =