भीरबाट लडेर प्रधानाध्यापक महराको मृत्यु

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका-६ मा भीरबाट लडेर एक प्रधानाध्यापकको मृत्यु गएको छ । भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक ३५ वर्षीय दलवीर महराको शुक्रबार भीरबाट लडेर मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

मार्मा गाउँपालिका-२ घर भएका महराको विद्यालयबाट घर फर्किने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरेका अनुसार भीरबाट करिब ५० मिटर तल खसेका महराको घटनास्थलमै मृत्यु भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =