गैरजिम्मेवारपूर्ण गतिविधिले प्राप्त अधिकार गुम्ने खतरा हुन्छ : प्रकाशमान सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले गैरजिम्मेवारपूर्ण गतिविधिले प्राप्त अधिकार गुम्ने खतरा रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो अधिकार गुम्ने गतिविधि गर्न नहुनेतर्फ सचेत गरे । उनले वर्तमान सरकार नेपाली काँग्रेस र नेकपा एमाले लगायतका राजनीतिक दलहरू मिलेर बनेको भन्दै जनताको अधिकारका लागि लडेका पार्टीहरूबाट जनताका अधिकार खोस्ने काम नहुने बताए । उनले संविधान संशोधन गर्दा अधिकार कटौती गर्नेकुरा नहुने बताए ।

उनले संविधान कार्यान्वयनमा भएका समस्याहरू हटाउन संविधान संशोधन हुने बताए ।

उनले भने ‘हामी गैरजिम्मेवारपूर्ण तरिकाले गतिविधि गर्न थाले भएको अधिकार पनि गुम्नसक्ने खतरा छ । त्यतातिर पनि अलिकति हामीले होस पुर्याउनुपर्छ । केही कदम चाल्दा, बोल्दा होस पु¥याउनुपर्छ । नेपाली काँग्रेस, नेकपा एमाले, लगायत अरु दलहरू मिलेर वर्तमान सरकार बनेको छ । यी दुई पार्टी त जनताको अधिकारको लागि लडेको, भिडेको हो । सबैले चिनेको पार्टी हो । जुन दलहरूले जनताको अधिकार लडेर दिलायो, अधिकार कटौती गर्नेकुरा काँग्रेस र एमालेले गर्न सक्ला ? संविधान संशोधनको कुरा त संविधानमा उल्लेखित अधिकारहरू छन्, त्यसलाई कार्यान्वयन गर्न केही बाधा छ भने सहजीकरण गर्न संशोधन गर्ने हो । अझ राम्रो गर्न संशोधन गर्ने हो । प्राप्त गरेका अधिकार कटौती होइन, प्राप्त अधिकार अझ राम्रोसँग सुचारु गर्न र कार्यान्वयन गर्न सहज हुनेगरी संशोधन हुने हो ।’

उनले आउँदो दिनमा संविधानले दिएको अधिकार समान रूपले उपयोग गर्नेकुरामा अघि बढ्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + three =