संसदमा प्रचण्ड : सरकारमाथि प्रश्नै प्रश्न

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको अध्यादेशको चर्को विरोध गरेका छन् । उनले बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सरकारले ल्याएको अध्यादेशको चर्को विरोध गरेका हुन् ।
६ दिनअघि अध्यादेश ल्याएर चमत्कार नै गर्न खोज्नुभएको हो भन्दै प्रश्न गरे । स्वार्थ समुहका लागि अध्यादेश ल्याइएको प्रष्ट भएको उनले बताए । चोरबाटोबाट अध्यादेश ल्याउन राम्रो नभएको उनले बताए ।
उनले सरकारको कामकारबाहीप्रति प्रश्नको वर्षा गरेका छन् । उनले सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विधेयक आपत्ति जनक रहेको समेत बताए ।
सरकारले नै संसदलाई अवमूल्यन,अपमानित र छल्न खोजेको उनले बताए । सरकार हिउँदे अधिवेशनबाट पन्छिन मात्रै नखोजेको बताउँदै संसदको उपेक्षा गर्न अग्रसर भएको उनले बताए । प्रधानमन्त्री ओलीले विरोधको सामना गर्न नसक्ने गरेको बताए ।
उनले कांग्रेसमाथि समेत प्रश्न गरे । के हो सामाजिक सञ्जाल नियमन विधेयक ? यसमा केहो कांग्रेसको धारणा ? कांग्रेस सत्ताका लागि मात्रै अघि बढ्न खोज्नुभएको हो ? भन्दै प्रश्न गरे ।
आफुहरु सत्ताको खेलमा नरहेको उनले बताए । इतिहासको शिक्षा लिएर भनेको उनले बताए ।जनतातर्फ आफुहरु फर्किएको उनले बताए ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच आपसमा विश्वासको वातावरण नभएको उनले बताए । प्रधानमन्त्रीले पटकपटक सरकार हस्तान्तरणको विषयमा ओलीले बोल्न आवश्यक नरहेको उनले बताउँदै भने,शेरबहादुर जीको कान र आँखा तगडा छन् आफ्नै कारणले सरकार ढल्ने उनले बताए ।
आफ्नै खुट्टामा टेकेर सरकार बनाउने उनले बताए । संसदखमा बहुमतको दुरुपयोग गर्न खोजिए सडक,,सदनमा जवरजस्त प्रस्तुत हुने उनले बताए ।








