धनगढीमा जागरण भेला गर्दै भीम रावल, हजारौँले साथ दिने दाबी

काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक डा.भीम रावलले धनगढीमा जागरण भेला गर्ने भएका छन् ।

नेकपा एमालेबाट निष्कासित आफ्नै अभियान सञ्चालन गरेका रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने भएका हुन् ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला आयोजना गर्ने जनाएका हुन् ।

मातृभूमि जागरण अभियानलाई सशक्त वैकल्पिक शक्तिको रूपमा निर्माणको उद्घोष गरेका उनले भेलामा उपस्थितिको लागि अपिल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =