काठमाडौंका यी क्षेत्रमा जानेछ आज पाँच घण्टा बत्ती
२०८१ माघ २३ गते

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज बालकुमारी, इमाडोल र लुभु वरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति हुने छैन ।
प्राधिकरणका अनुसार बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ । विद्युत् लाइन भूमिगत गर्ने कार्यका निम्ति बिजुली आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ ।
२०८१ माघ २३ गते
प्रतिक्रिया
सम्बन्धित








