क्यान्सरबाट जोगिन सावधानीका साथ स्वास्थ्यको हेरचाह गरौँ : उपसभामुख राना
२०८१ माघ २२ गते

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले क्यान्सरबाट जोगिन सावधानीका साथ आफ्नो स्वास्थ्यको हेरचाह गर्न आग्रह गरेकी छिन् ।
मङ्गलवार काठमाडौँमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्यान्सर लाग्नबाट जोगिन सावधानी अपनाउनु जरुरी रहेको बताइन् । क्यान्सर पीडितलाई पनि परिवारको माया र प्रेम आवश्यक हुने उनले बताइन् ।
समाजको काम गर्न कुनै ठुलो फन्ड आवश्यक पर्ने भन्दै उनले सँगै मिलेर कामहरू गर्न जरुरी रहेको बताइन् ।
२०८१ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित








