पूर्वउपराष्ट्रपति पुन माओवादीको सक्रिय राजनीतिमा, उत्पादन विभागको जिम्मेवारी दिइयो

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा फर्फिएका छन् ।

गत पुस २१ देखी २४ सम्म बसेको माओवादीको केन्द्रीय समिति बैठकले पार्टी संगठनलाई उत्पादनमा केन्द्रित गर्ने निर्णय गरेपछि सोही अनुरुप पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रको आर्थिक तथा उत्पादन विभागको जिम्मेवारी दिइएको हो ।

सोमबार बसेको माओवादी पदाधिकारी बैठकले पुनलाई आर्थिक तथा उत्पादन विभागको जिम्मेवारी दिएको हो । यसअघि पुनलाई उपाध्यक्षमा मनोनयन गर्ने तयारी भए पनि पार्टीमा विवाद भएपछि उनलाई उत्पादन विभागको जिम्मेवारी दिइएको हो । उनी २०७२ कात्तिकदेखि २०७९ चैतसम्म उपराष्ट्रपति थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + one =