३७ एसपीको पदस्थापन (सूचीसहित)
२०८१ माघ २१ गते

काठमाडौं । प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा बढुवा भएका ३७ अधिकृतको पदस्थापन भएको छ ।
प्रहरी प्रधान कार्यालय एक सूचना निकाल्दै डिएसपीबाट एसपीमा बढुवा भएका ३७ अधिकृतको पदस्थापन गरेको हो ।
जस अनुसार कुलदिप चन्दको जिल्ला प्रहरी परिसर काठमाडौँमा पदस्थापन गरिएको छ ।
सुमित खड्काको विशेष ब्युरो राजनीतिक अन्वेषण शाखा नक्सालमा पदस्थापन गरिएको छ ।
ठाकुर प्रसाद शर्मा पोखरेललाई मधेश प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा, जनकपुरमा पदस्थापन गरिएको छ भने मनोहर प्रसाद भट्टलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा पदस्थापन गरिएको छ ।
२०८१ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित








