विवाह भएको २ महिनामै खुश्वुको हत्या, पति फरार

काठमाडौं । महोत्तरीमा विवाह भएको दुई महिनामै २१ वर्षीया युवतीको हत्या भएको घटना सार्वजनिक भएको छ । गौशाला नगरपालिका-८ की खुश्वु यादव आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।

माइती पक्षले खुश्वुको हत्या उनका पति अभिषेक यादवले गरेको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालका अनुसार, फरार रहेका मृतक युवतीका पति अभिषेकको खोजी कार्य भइरहेको छ । हत्यामा परिवारका अन्य सदस्यको संलग्नताको आशंका रहेको उनको भनाई छ ।

खुश्वुको शव गौशाला वडा नम्बर-५ स्थित भिसघारी क्षेत्रमा फेला परेको थियो । प्रहरीका अनुसार, धारिलो हतियार प्रयोग गरी उनको हत्या गरिएको देखिन्छ । ‘घरभन्दा केही टाढाको घारीमा उनको शव भेटिएको थियो,’ डीएसपी जैसवालले भने, ‘स्थानीयका अनुसार विवाहपछिका दिनहरूमा पतिपत्नीबीच झगडा हुने गरेको थियो, जसमा दाइजोको विषय पनि प्रमुख कारण हुनसक्छ ।’

महोत्तरीकै सम्सी गाउँपालिका-१, पर्सादेवाडकी लक्ष्मण यादवकी छोरी खुश्वु गत मंसिर ७ गते गौशाला-८, बेलगाछीका चन्देश्वर यादवका छोरा अभिषेकसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । पोस्टमार्टमपछि खुश्वुको शव माइती पक्षलाई जिम्मा लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =