देशभर बदली, कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ?
२०८१ माघ १४ गते

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागको मौसम आंशिक बदली छ । तराईका धेरै भू–भागमा अहिले बाक्लो हुस्सु र कुहिरो लागिरहेको मौसम विज्ञान विभागले जनाएको छ ।
हुस्सु र कुहिरोको कारण तराई-मधेशको जनजीवन प्रभावित बनेको छ । विभागका अनुसार देशका बाँकी भेगको मौसम भने मुख्यतया सफा छ । चार प्रदेशको मौसम बदली भए पनि आज कतै पनि वर्षाको सम्भावना भने नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’
२०८१ माघ १४ गते
प्रतिक्रिया
सम्बन्धित








