सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
२०८१ माघ १३ गते

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बाग्लुङकी ७४ वर्षीया छायादेवी पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै नेपाल विद्यार्थी सङ्घका पूर्व सहमहामन्त्री एवं नेपाल तरुण दलका पूर्व सदस्य टेकराज पौडेल तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाग्लुङका उपसभापति एवं निसीखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष तारानाथ पौडेलकी आमा छायादेवीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । पौडेलको यही माघ १२ गते निधन भएको थियो ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा छायादेवीको सक्रिय सहभागिता रहेको उल्लेख गर्दै सभापति देउवाले छायादेवीको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको विज्ञप्तिमा उल्लेख छ ।
२०८१ माघ १३ गते
प्रतिक्रिया
सम्बन्धित








