सुप्रिम सहकारी ठगी प्रकरण

रवि लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले आइतबार सो आदेश दिएको हो ।

लामिछानेसहित २२ जनालाई ५५ करोड बढी बिगोसहित पूरक मुद्दा दर्ता गरिएको छ । मुद्दामा लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेललाई छुट्टै १० करोड ९९ लाख र रविको व्यक्तिगत २ करोड बिगो माग गरिएको छ ।

यसअघि लामिछानेलाई जिल्ला अदालत कास्कीले पोखरास्थित सुर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौंले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seven =