सामाजिक कुरीति अन्त्यका निम्ति स्रष्टा लाग्नुपर्ने : मुख्यमन्त्री शाह

अत्तरिया (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साहित्यका माध्यमबाट सामाजिक कुरीति अन्त्य गर्न बल मिल्ने उल्लेख गर्दै जागरुक समाज निर्माणमा साहित्यकारहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजले आज धनगढीमा आयोजना गरेको साहित्यकार कैलाशकुमार पाण्डेयको कथा सङ्ग्रह ‘नयातल’ विमोचन कार्यक्रममा उनले साहित्यमा समाजका हरेक कुरा प्रतिविम्बित हुने बताए ।

मुख्यमन्त्री शाहले भने ‘साहित्यको प्रवद्र्धन गर्न हामी सबै लाग्यौँ भने यो क्षेत्रलाई पनि सम्मानित रुपमा अगाडि बढाउन सकिन्छ ।’

प्राध्यापक तुलसी शर्माले प्रस्तुत कथा सङ्ग्रहमा अन्धविश्वास, जातीय विभेद, लैङ्गिक विभेद चित्रण गरिएको बताए । पुस्तकका लेखक पाण्डेयले कथाका माध्यमबाट जीवनका भोगाइ प्रस्तुत गर्ने जमर्को गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =