काँग्रेसले माघ १६ र १७ गते नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने
२०८१ माघ १२ गते

काठमाडौँ । नेपाली काँग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको छ ।
आउँदो माघ १६ र १७ गते विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको हो । शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सम्मेलनबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीहरूका लागि यो सम्मेलन परिचयात्मक कार्यक्रम हुने बताए ।
उनले युवाहरूलाई उमशीलतामा प्रोत्साहन गर्न सम्मेलन महत्वपूर्ण हुने बताए । सम्मेलनमा सबैभन्दा युवाहरूलाई बढी जोडिने जनकारी दिए ।
उनले सम्मेलनले साना तथा मझौला व्यवसायीका लागि नीति निर्माण गर्न सहज हुने विश्वास व्यक्त गरे ।
२०८१ माघ १२ गते
प्रतिक्रिया
सम्बन्धित








