१८ एसएसपी र १७ एसपीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १८ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव श्रोत विसका विभागले १८ जना एसएसपीको सरुवा गरेको जनाएको छ ।

कार्यालयका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी पनि फेरिएका छन् । परिसरमा विश्व अधिकारी आएका छन् भने अपराध अनुसन्धान कार्यालयमा रमेशकुमार बस्नेतलाई ल्याइएको छ ।

यसैबीच १७ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ । शुक्रबार प्रहरी महानिरीक्षक बसन्त कुँवरले विभिन्न जिम्मेवारीमा रहेका १७ जना एसपीको सरूवा गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा अपिलराज बोहरा आएका छन् । ललितपुरमा नरहरी रेग्मी गएका छन् भने बाराको प्रमुख भएर सन्तोष तामाङ गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + thirteen =